अस्ट्रेलिया मा पहिलो महिला ड्राइभिङ इन्स्ट्रक्टर अन्जु शाह, पहिलो टेस्ट मा नै ९०% बिद्यार्थीहरुले लाईसेन्स लिन सफल — OSNepal

अस्ट्रेलिया मा पहिलो महिला ड्राइभिङ इन्स्ट्रक्टर अन्जु शाह, पहिलो टेस्ट मा नै ९०% बिद्यार्थीहरुले लाईसेन्स लिन सफल

LC (KTM) April 06, 2022 0

बिगत लामो समय देखि अस्ट्रेलिया मा बस्दै आउनु भएकी अन्जु शाह नेपाली समुदाय लगायत अन्य समुदायमा परिचित रहेको नाम भन्दा फरक नपर्ला l बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध रही सामाजिक कार्य मा दु:ख र सुखमा सदैब हाजिर रहनु हुने शाह, कोमल हृदय र सहयोगी मन को धनि हुनु हुन्छ l शाह ले नेपाली समुदाय र अन्य समुदायमा दिन प्रति दिन सवारी साधन प्रति को लगाब र धेरै नेपाली दाजु भाइ दिदि बहिनि आमा बुबाहरु ले अस्ट्रेलिया मा ड्राइभिङ सिक्क इच्छुक रहेको देख्दा एक ड्राइभिङ इन्स्ट्रक्टर बनि सेवा गर्ने मन थियो जुन अहिले पुरा भएको जस्तो लाग्छ भन्दै ओएस नेपाल सग को छोटो कुराकानी मा जानकारी दिनु भएको थियो l

हाल अस्ट्रेलिया मा श्रीमान बिबेक शाह सग बस्दै आउनु भएकी शाह ले २०२१ बाट ड्राइभिङ इन्स्ट्रक्टर को काम सुरु गर्नु भएको थियो l श्रीमान को साथ र हौसला बाट उप्रेरित शाह , मैले यो काम सुरु गरेको छु जसले नेपाली समुदाय लगायत अन्य समुदायमा सेवा दिने अवसर प्राप्त हुदा गौरबमान्य रहेको जानकारी दिनु भएको थियो l हाल शाह सग नेपाल, बंगलादेश, लेवनान, इन्डोनेसिया, साउथ अमेरिका साथै इन्डिया मुलुक का बिद्यार्थीहरु ले कार सिकिरहनु भएको छ भने उहा सग सिकेर, टेस्ट दिएर पास हुने दर ९०% बिद्यार्थीहरु पहिलो टेस्ट मा नै पास भएको देखिन्छ l आफु सग सिक्ने बिद्यार्थी पहिलो टेस्ट मा नै पास हुदा आफु लाई गर्व लाग्ने रहेछ, यसले मलाई थप कार्य गर्न उर्जा थपिरहेको शाहले जानकारी दिनु भएको थियो l

अस्ट्रेलिया को नेपाली समुदायमा महिला पहिलो ड्राइभिङ इन्स्ट्रक्टर अन्जु शाह नै रहेको जानकारी प्राप्त रहेको छ l यसले, शाह सग ड्राइभिङ सिक्क इच्छुक महिला दिदि बहिनीहरु लाई सहज हुने देखिन्छ l भबिष्यमा ड्राइभिङ इन्स्ट्रक्टर को पनि इन्स्ट्रक्टर बन्ने र सबै मिल्दै गए टेष्टिंग अफिसर सम्म जाने योजना रहेको शाह ले, यदि अस्ट्रेलिया हुनु हुन्छ र कार सिक्क खोज्दै हुनु हुन्छ भने सहि ट्रेनर छानेर सिक्न सबै विद्यार्थीहरु मा अनुरोध गर्नु भएको छ l सहि समयमा सहि ड्राइभिङ इन्स्ट्रक्टर छानी बिद्यार्थीमा कन्फ़िडेन्स भए पछि अस्ट्रेलियन ड्राइभिङ लाईसेन्स निकाल्नु गाह्रो नरहेको शाह ले जानकारी दिनु भएको थियो l उहा हाल रोड भाइब ड्राइभिङ स्कुल सग आवद्ध रही अस्ट्रेलियन समुदायमा सेवा दिदै आइरहनु भएको छ l

श्रीमान को दैनिक सपोर्ट, साथी भाईहरुको सल्लाह सुझाब र बुबा आमा को माया र साथ ले आज दैनिक अस्ट्रेलियन समुदायमा आफ्नो दक्षता र ज्ञान दिनु पाउदा सबै प्रति आभार ब्यक्त गर्नु हुदै, शाह ले सदैब सुरक्षित तरिका बाट सवारी साधन चलाउनु हुन सबै नेपाली दाजु भाई दिदि बहिनिहरु लाइ अनुरोध गर्नु भएको थियो l यदि अस्ट्रेलिया हुनु हुन्छ र कार सिक्क खोज्दै हुनु हुन्छ भने तल उल्लेखित इमेल अथवा मोबाइल नम्बर मा सम्पर्क गरि थप जानकारी लिन सकिनेछ l
इमेल : [email protected]
मोबाइल : ०४५०२८३४१५ , ०४५००८६२१३, Website : http://roadvibes.com.au , Facebook link: https://m.facebook.com/roadvibesdrivingschool/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर