आइपीएल : बेंगलोरको दोस्रो जित — OSNepal

आइपीएल : बेंगलोरको दोस्रो जित

LC (KTM) April 06, 2022 0

काठमाडौं, २३ चैत – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे ।

बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले सर्वाघिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए ।

राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेकाे थियाे ।

राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए । शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर