पहिलो लेगमा सिटी र लिभरपुल विजयी — OSNepal

पहिलो लेगमा सिटी र लिभरपुल विजयी

LC (KTM) April 06, 2022 0

काठमाडौं, २३ चैत – युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मंगलवार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।

बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।

अर्को खेलम लिभरपुलले बेन्फीका माथी ३-१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे ।

पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे ।

अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर