पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने — OSNepal

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

LC (KTM) April 06, 2022 0

पाल्पा-पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । करिब रु ३० लाखको लागतमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेताले रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पु¥याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताउनुभयो । प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । सम्पूर्ण खेलाडीको रु दुई लाख बराबरको बीमासमेत आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर