यि हुन कंगोमा विद्रोहीको हमलामा परी मृत्यु हुने नेपाली शान्ति सैनिक अनिल — OSNepal

यि हुन कंगोमा विद्रोहीको हमलामा परी मृत्यु हुने नेपाली शान्ति सैनिक अनिल

LC (KTM) April 06, 2022 0

काठमाडौं -प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट(१४ का सिपाही अनिल गुरूङ रहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ ।

नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर