आउँदो भदौमा कांग्रेसको महाधिवेशन हुन्छ, भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नगरौँ : सभापति देउवा — OSNepal

आउँदो भदौमा कांग्रेसको महाधिवेशन हुन्छ, भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नगरौँ : सभापति देउवा

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो भदौमा कांग्रेसको १४ औँ महाधिवेशन हुने बताएका ख छन् । आज बुधबार एक विज्ञप्ती जारी गर्दै तोकिएको समयमा नै पार्टीको महाधिवशेन हुने जानकारी गराएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ । महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ भएको बताएका सभापति देउवाले विज्ञत्तीमा भनेका छन्, पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएकोले पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

असार र साउनमा भरिमा सबै तयारी गरेर भदौमा महाधिवेशन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्’ विज्ञप्तमिा उल्लेख गरिएको छ । पार्टीको महाधिवेशनको विषयलाई लिएर कोही भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर