कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा को-को परे ? — OSNepal

कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा को-को परे ?

LC (KTM) April 07, 2022 0

विशाल बस्नेत/ महोत्तरी, २४ चैत – नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।

केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् ।

मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् । कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर