लुम्बिनी प्रदेशमा माधव नेपाललाई झड्का एकीकृत समाजवादी बाहेक अन्य दलले निर्वाचनमा गठवन्धन गर्ने — OSNepal

लुम्बिनी प्रदेशमा माधव नेपाललाई झड्का एकीकृत समाजवादी बाहेक अन्य दलले निर्वाचनमा गठवन्धन गर्ने

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । आगामी स्थानीय तह निर्वाचनको लागि लुम्बिनी प्रदेशमा गठबन्धन गरेर जाने सहमति भएको छ । तर सरकारमा सहभागी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाहेकको अन्य दलहरुले गठवन्धन गर्ने भएका हुन् ।

हिजो बुधबार बसेको लुम्बिनी प्रदेशसभामा चार दलका प्रदेशस्तरीय नेताहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

उक्त बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर