कानुनविद् गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने गठवन्धनमा सहमति — OSNepal

कानुनविद् गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने गठवन्धनमा सहमति

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । गठवन्धन सरकारले कानुनविद् गोविन्द बन्दी कानुनमन्त्री बनाउने भएको छ ।

सरकारमा सहभागी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट कानुन व्यवसायी बन्दी गठबन्धन दलका साझा सहमतिका आधारमा मन्त्री बन्न लागेका हुन् ।

बन्दी कानुन मन्त्री बने लगत्तै हालका कानुनमन्त्री कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुलाई रिक्त रहेको उधोग बाणिज्यमा पठाउने सहमति गठवन्धनमा भएको बताइएको छ ।

बन्दी ६ महिनाको लागि मन्त्री बन्ने भएका हुन् कारण संविधानले नै सांसद नरहेका ब्यक्तिलाई ६ महिना मात्र मन्त्री बन्न पाउने कानुनी व्यवस्था गरेको छ । बन्दीले भने आफुलाई यस विषयमा केहि जानकारी नभएको बताएका छन् ।

निर्वाचन आयोगले चुनावी आचारसंहिता लागु गरे लगत्तै बन्दीलाई मन्त्री बनाइने भएको छ । आयोगले सम्भवत आज या भोली चुनावी आचारसंहिता लागु लागु गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर