काम नै नपाएपछि बलिउड अभिनेत्रीले ट्याक्स तिर्न सकिनन् — OSNepal

काम नै नपाएपछि बलिउड अभिनेत्रीले ट्याक्स तिर्न सकिनन्

LC (KTM) June 09, 2021 0

बलिउडमा सबैजसो कलाकारले आयकर ट्याक्स तिर्ने गरेका छन् । आफुले कमाएको बाट उनीहरुले सरकारलाई ट्याक्स भर्ने गर्छन् । त्यस्तै बलिउडकै कुरा गर्दा सबैभन्दा बढि कर तिर्ने अभिनेत्रीमा कंगना रनावत पर्छिन् ।

उनले लगभग आफ्नो आयको ४५ प्रतिशत रकम त ट्याक्सको नाममा सरकारलाई दिने गरेकी छिन् । तर अहिले उनले आफै सामाजिक सञ्जालमा ट्याक्स तिर्न नसकेको बताएकी छिन् । काम नपाएका कारण उनले सरकारलाई ट्याक्स तिर्न नसकेको बताएकी हुन् ।

मंगलबार राति इन्स्टाग्राम स्टोरीमा कंगनाले आधा ट्याक्स अझै तिर्न बाँकी रहेको बताएकी हुन्।कंगनाले लेखेकी छिन्, ‘म सबैभन्दा धेरै ट्याक्स तिर्ने वर्गमा पर्छु र आफ्नो आयको लगभग ४५ प्रतिशत हिस्सा ट्याक्सको रुपमा तिर्छु। सबैभन्दा धेरै ट्याक्स तिर्ने अभिनेत्री भएपनि काम नभएका कारण पछिल्लो वर्षको आधा ट्याक्स तिर्न सकेको छैन।

मेरो जीवनमा पहिलो पटक कर तिर्न ढिला भएको छु।’ बलिउडकी चलेकी कंगनालाई त काम नपाएर यत्रो हैरानी भएको छ भने बलिउडमा भर्खर चल्दै फिर्दै गरेका कलाकारलाई कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर