गैरसांसद कानुनविद् गोविन्द बन्दी ६ महिनाको लागि कानुनमन्त्रीमा नियुक्त, आजै सपथ गराउने तयारी — OSNepal

गैरसांसद कानुनविद् गोविन्द बन्दी ६ महिनाको लागि कानुनमन्त्रीमा नियुक्त, आजै सपथ गराउने तयारी

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । कानुनविद् गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त भएका छन् ।

गठवन्धनको सहमतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् । बन्दीलाई आज बिहिबार दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको बताइएको छ ।

बन्दी ६ महिनाको लागि मन्त्री बन्ने भएका हुन् कारण संविधानले नै सांसद नरहेका ब्यक्तिलाई ६ महिना मात्र मन्त्री बन्न पाउने कानुनी व्यवस्था गरेको छ ।

बन्दी कानुन मन्त्री बने लगत्तै हालका कानुनमन्त्री कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुलाई रिक्त रहेको उधोग बाणिज्यमा पठाउने पनि गठवन्धनमा सहमति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर