पत्रकार ऋषि धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण — OSNepal

पत्रकार ऋषि धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र बुझाएका छन्।

जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका पत्रकार धमला माथि काउन्सिलले २४ घन्टे स्पष्टीकरण मागेपछि धमलाले बुधबार स्पष्टिकरण बुझाएका हुन् ।

भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवालाई खोज्दै धमला त्रिभुवन विमानस्थलमा जहाजभित्रै पुगेका थिए ।

उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला पत्रकार मर्यादाविपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर