हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर, ३६० नागरिक लाभान्वित भए — OSNepal

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर, ३६० नागरिक लाभान्वित भए

LC (KTM) April 07, 2022 0

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुुभयो ।

सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ । शिविरमा ग्यास्टिक, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचावलगायत बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो । सिमकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीले पनि सेवा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर