सदन अवरोध हुँदा जसरी बजेट र एमसीसी पारित गर्‍यौं अब त्यसैगरी नागरिकता विधेयक पारित गरिन्छ : प्रचण्ड — OSNepal

सदन अवरोध हुँदा जसरी बजेट र एमसीसी पारित गर्‍यौं अब त्यसैगरी नागरिकता विधेयक पारित गरिन्छ : प्रचण्ड

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न आरोप लगाएका छन् ।

निरन्तर एमालेको अवरोधका कारण संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने नागरिकतासम्बन्धी विधेयक पारित हुन नसकेको प्रचण्डले एमालेमाथि आरोप लागएका हुन् ।

बिहीबार सिरहामा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने बताएका छन् ।

उनले त्यसकारण सदनमा लैजान प्रसताव गर्दा सदनमा एमाले र अध्यक्ष केपी शर्मा ओली गुटले रोकेको बताएका छन् ।

अब संसद खुलेपछि एमालको अवरोधकै बिचमा नागरिकता विधेयक पारित गर्ने दावी गरेका उनले कार्यक्रममा भने , ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गर्‍यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर