संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई पुरा गर्छु : नवनियुक्त कानून मन्त्री बन्दी — OSNepal

संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई पुरा गर्छु : नवनियुक्त कानून मन्त्री बन्दी

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम अगाडी बढाएर अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरू लगायतका कुरालाई हेरी कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीवार राष्ट्रपति विद्या भण्डारीबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथग्रहण गरेलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री बन्दीले यस्तो बताएका हुन् ।

‘संविधान बनाउँदा के प्रतिज्ञाहरू भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरू मध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो ।’ उनले भने ।

त्यसमा केहि काम बाँकी रहेको बताएका उनले अघि भने , ‘त्यसलाई टुंग्याउने प्रयोजनको लागि सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा हामीले अघि सारेका प्रश्तावनाहरू सबै कुरालाई हेरेर कानून संशोधन नगरीकन अघि बढ्न सक्ने देखिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर