आफु दुई पटक प्रधानमन्त्री बन्दा मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको प्रचण्डको खुलासा — OSNepal

आफु दुई पटक प्रधानमन्त्री बन्दा मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको प्रचण्डको खुलासा

LC (KTM) April 07, 2022 0

काठमाडौं २४ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

बिहिबार सिरहामा आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्डले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बातएका हुन् ।

आफु दुई पटक प्रधानमन्त्री बन्दा मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको खुसाला गरेका उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गर्ने पनि बताएका छन् ।

कार्यक्रममा उनले गठवन्धन सरकारले संसद विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गरेको पनि दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर