मोहन वैद्यबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एसमा विलय — OSNepal

मोहन वैद्यबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एसमा विलय

LC (KTM) April 07, 2022 0

काठमाडौ २४ चैत । नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्यबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।

नेकपा (क्रान्तिकारी) माओवादी परित्याग गरी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा एसमा समाहित भएको हो ।

आज बिहिबार नेकपा एसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँ नेता कार्यकर्तालाई पार्टीमा समावेश गरेका थिए ।

एकिकृत समाजवादी पार्टीसँग आफ्नो सिद्धान्त मिलेकाले नेकपा एसमा समाहित भएको मोर्चाका अध्यक्ष भण्डारी बताएका छन् ।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफूहरूको योगदान हुने बताएका उनले भने, ‘जुन बाटो कोरेको छ, त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ, त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ, हामी यो प्रतिबद्धता यहाँ व्यक्त गर्न चाहन्छौँ ।’

देशभरका ३५ वर्ष मुनीका दुई सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको पनि उनले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर