कोरोनाका कारण गण्डकीमा थप ११ संक्रमितको मृ त्यु, गण्डकीमा मात्रै मृ त्यु हुनेको संख्या २८७ पुग्यो — OSNepal

कोरोनाका कारण गण्डकीमा थप ११ संक्रमितको मृ त्यु, गण्डकीमा मात्रै मृ त्यु हुनेको संख्या २८७ पुग्यो

LC (KTM) May 11, 2021 0

पोखरा- कोरोनाका कारण गण्डकीमा थप ११ संक्रमितको मृ त्यु भएको छ । मृत्यु हुने मध्य ६ जना त कास्की का रहेका छन् ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिला रहेकी छन् ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिला रहेको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर