देशलाई झन् गरिब हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्छ : ओली — OSNepal

देशलाई झन् गरिब हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्छ : ओली

LC (KTM) April 07, 2022 0

काठमाडौ २४ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गरिब हुनबाट बचाउन एमालेले जित्नु पर्ने बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बाँके पुगेका ओलीले आगामी चुनावमा एमालेले जिते मात्र देशलाई गरिब हुनबाट बचाउन सकिने बताएका हुन् ।

‘एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्छ’ ओलीले भने ।

एमाले सरकारबाट हटेको नौ महिनामा नै देशको अर्थतन्त्र ध्वस्त भएको दावी गरेका उनले भने, ‘देशलाई झन् गरिब हुनबाट बचाउन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’

अब देश तथा विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका उनले लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने तर्क राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर