कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी — OSNepal

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

LC (KTM) April 07, 2022 0

पोखरा, २४ चैत – आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

१ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ ।

लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको हो । ४ हजार भन्दा बढीले दरखास्त हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर