काठमाडौँको नयाँ बानेश्वरचोकमा फलामे आकाशे पुल निर्माण गरिँदै — OSNepal

काठमाडौँको नयाँ बानेश्वरचोकमा फलामे आकाशे पुल निर्माण गरिँदै

LC (KTM) June 09, 2021 0

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरचोकमा फलामे आकाशे पुल निर्माण गरिँदै । आकाशे पुल बनेपछि पैदल यात्रुलाई सहज हुनेछ । तस्वीर ः रोशन सापकोटा, रासस

यो पनि:- कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह- निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्तिमार्फत कोभिड–१९ महामारीको असर देखिन थालेको डेढ वर्षको अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरूत्थानमा केही सहयोग पुग्न गएको तथा आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने जनाएका छन् । अहिलेको विषम परिस्थितिका कारण भने एकातिर उद्योग व्यवसाय सञ्चालन हुन नसकेका र जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध बजारसम्म पु¥याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न नसकिएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर