भैँसीको बच्चालाई नायिका दिशाले चुम्बन गरेपछि फ्यानले भने भाग्यमानी पाडो — OSNepal

भैँसीको बच्चालाई नायिका दिशाले चुम्बन गरेपछि फ्यानले भने भाग्यमानी पाडो

LC (KTM) June 09, 2021 0

काठमाडौँ । भारतीय चर्चित नायिका दिशा पाटनी दैनिकजसो नै आफ्नो नयाँ नयाँ क्रियाकलाप सामाजिक संजालमा पोष्ट गर्न माहिर सुन्दरी हुन् ।

सामाजिक सञ्जालमा औधी सक्रिय यि सुन्दरी प्रेपी टाइगरसँगको सम्बन्धमा पनि समाचारमा छाइरहेकी हुन्छिन् । यसैबिच हालै मात्र उनको इस्टाग्राममा भैसीको बच्चालाई चुम्बन गरिरहेको एउटा तस्विर पोस्ट भएको छ । जुन अहिले भाइरल नै बनिरहेको छ ।

तस्विरमा उनले कुनै क्याप्सन नखेकी पाडोलाई चुम्बन मात्रै गरेकी छिन् । दिशाको यो तस्वीरलाई फ्यानहरुले निकै मनपराइरहेका छन् । तस्वीरमा कोही प्रयोगकर्ताले जनावर प्रेमी भनेर प्रतिक्रिया दिएका छन् भने केहीले भैसीको बच्चालाई ‘भाग्यमानी’ भनेका छन् त कतिपयले काम नपाएकी केटी समेत भन्न भ्याएका छन् ।

आफूले पालेको बिरालो र कुकुरसँगको फोटो बढी पोष्ट गर्ने दिशाको पोस्टमा पाडोले पनि ब्यापक चर्चा पाएको छ । दिशा आफ्नो ग्ल्यामर तस्वीरमात्र सामाजिक सञ्जालमा राख्दिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर