बलिउडका दिग्गज कलाकार दिलीप कुमारको फोक्सोमा जमेको पानी निकालियो , भोली डिस्चार्ज हुदै — OSNepal

बलिउडका दिग्गज कलाकार दिलीप कुमारको फोक्सोमा जमेको पानी निकालियो , भोली डिस्चार्ज हुदै

LC (KTM) June 09, 2021 0

बलिउडका दिग्गज कलाकार दिलीप कुमारको फोक्सोमा जम्मा भएको पानी निकाल्नका लागि आज सर्जरी गरिएको छ । जसलाई मेडिकलको भाषामा प्ल्युरल एस्पिरेशन भनिन्छ ।

यो सर्जरी मुख्यतया ः छातीमा जम्मा भएको कफ , सास लिन हुने असजिलोपन, मुटुमा हुने दुखाइ लाई ठिक गर्न गर्ने गरिन्छ । दिलीप कुमारको यो अप्रेसन आज साढे १ बजे देखी २ बजे सम्म गरिएको हो । उनको फोक्सोमा जमेको ३५० मिली लिटर पानी निकालिएको छ ।

डाक्टर नितिन गोखका अनुसार उनलाई अहिले आईसीयुमा राखिएको छ । अप्रेसन पछि उनको अवस्था पहिलाको भन्दा राम्रो रहेको नितिनले जानकारी दिएका छन् । यसरी नै सुधार आए गुरुबार अर्थात बिहिबार डिस्चार्ज गरिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर