माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा बृहत शैक्षिक प्रर्दशनी कार्यक्रम सम्पन्न, हेर्नुहोस् फोटोफिचर — OSNepal

माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा बृहत शैक्षिक प्रर्दशनी कार्यक्रम सम्पन्न, हेर्नुहोस् फोटोफिचर

LC (KTM) April 08, 2022 0

काठमाडौँ । राजधानीको टोखामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा पुग्दा बिद्यार्थीहरुले इञ्जिनियरिगं कलेजका विद्यार्थीहरुले जसरी एटीएम मेसिन, सोलार सिस्टम, कम्युटर, लगायतका आविश्कारका दृश्यहरु प्रर्दशनीमा राखेका थिए । प्रर्दशनीमा बिद्यार्थीहरुले आँफै बनाएका धरहरा र घण्टाघर सँगै देख्न सकिथ्यो ।

अविभावकलाई देख्दासाथ न्यायो अविभावादन गर्ने र शिर निहुराएर सत्कार व्यक्त गर्ने साना नानीहरुको संस्कार देख्दा हामीलाई आहा भन्न मन लाग्यो । नमस्कार फर्काउँदै हामी स्कुल प्रणगंणमा प्रवेश गर्यौ ।

जहाँ बृहत शैक्षीक प्रर्दशन कार्यक्रम चलीरहेको थियो । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको छ ।

बिद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतीहरुलाई व्यबहारमा उतार्ने कामहरु समय समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा बिद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आँफुहरुले पछिल्ला दिनमा यो अभ्यासलाई बढी जोड दिएको प्रिन्सिपल गणेश श्रेष्ठ बताउनुहुन्छ ।

प्रिन्सिपल श्रेष्ठका अनुसार अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले बिद्यार्थी भाई बहिनीहरुलाई कक्षमा सिकाउने ज्ञानगुनका कुराका अलावा बाहिरी वातावण र समय सापेक्ष प्रयोग हुने प्रयोगात्मक कृयाकलापहरु समेत यस दिनको अवसरमा अविभावकहरुका माझमा प्रस्तुत गरियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले पढेका, सिकेका शिक्षमुलक प्रगतीहरुलाई व्यवहारमा उतार्ने काम भएको संगीतका गुरु संजीव पुडासैनीले जानकारी दिनुभयो । ४ वटा बिद्यालयमा आँफुले म्यूजिकका कक्षाहरु लिँदै आएकोमा माउन्ट ग्लोरीले पछिल्ला दिनमा इसिए गतिबिधिहरुलाई अझै जोड दिएकोमा आँफु निकै खुशी भएको उहाँ बताउनुहुन्छ ।

२०५२ सालमा स्थापना भएको स्कुलमा शुक्रबार सयौँको संख्यामा अविभावकहरुको उपस्थिती थियो । साना साना बिद्यार्थीहरुले पाका र परिपक्व मानिसहरुले जसरी विभिन्न गतिबिधिहरु देखाइरहँदा अविभावकहरु पनि खुशी देखिन्थे ।

आफ्नी ८ कक्षमा अध्ययनरत छोरी साहिना श्रेष्ठको प्रस्तुती हेर्न बिद्यालयमा नै पुगेकी शैलजा श्रेष्ठ छोरीको प्रतिभा र आत्मविश्वास देखेर दंग हुहुन्थ्यो । भन्नुहुन्छ सानै उमेरमा नानीमा आएको परिवर्तन देखेर खुशी लाग्छ । छोरीको किशोर अवस्थामा प्रवेश भइरहँदा बढेको आत्मविश्वासले उनले जिन्दगीमा केही गर्न सक्छिन् भन्ने विश्वास बढेको आमा शैलजा बताउनुहुन्छ ।

बालबालिकालाई उत्प्रेरणा दिँदै हाल आफ्नै भवनमा रहेर संचालनमा आएको बिद्यालय भित्र परिवार मैत्री वातावरण रहेको अर्का अविभावक राजाराम अधिकारीले बताउनुभयो । अविभावक अधिकारीका छोरा छोरी अस्मिन र आशिकामा पनि फेरीएको आनीबानीले खुशी लागेको उहाँले दोहोर्याउनुभयो ।

बृहत शैक्षीक प्रर्दशनीको अवसरमा टिकटकमा उत्कृष्ट भिडियो बनाउने, विभिन्न गेममा उत्कृष्ठ हुने, नृत्य, गायन, लगायतका प्रतियोगीतमा राम्रो प्रर्दशन गरेका बिद्यार्थीहरुलाई स्कुलले पुरस्कृत गरेको थियो । स्कुलले हरेक २ देखि ३ महिनामा यस्ता किसिमका गतिबिधीहरु गर्दै आइरहेको बिद्यालय प्रशासनका प्रमुख चिज कुमार गुरुगंले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर