अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली समातिए — OSNepal

अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली समातिए

LC (KTM) April 09, 2022 0

काठमाडौं – अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए ।

पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।

यो पनि : ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी : खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् ।

ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

डेढ सय क्षमताको सभाहल उद्घाटन : ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ । ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समीक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो ।

सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ । सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर