इलाममा हात्तीले लियो ३९ वर्षीय रामको ज्यान — OSNepal

इलाममा हात्तीले लियो ३९ वर्षीय रामको ज्यान

LC (KTM) April 09, 2022 0

मङ्गलबारे- इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आ क्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आ क्रमणबाट मृ त्यु भएको हो ।

बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आ क्रमण गरेको थियो । बिहानै हात्तीले आ क्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर