श्रममन्त्री श्रेष्ठले गरे खेलमैदान विस्तारका लागि सहयोग — OSNepal

श्रममन्त्री श्रेष्ठले गरे खेलमैदान विस्तारका लागि सहयोग

LC (KTM) April 10, 2022 0

दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो ।

उक्त रकम मन्त्री श्रेष्ठका प्रमुख स्वकीयसचिव जगत् खड्काले क्लबका सचिव कुशल अधिकारीलाई हस्तान्तरण गर्नुभयो । क्लबका सचिव अधिकारीले मन्त्री श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकमले खेलमैदान विस्तारका लागि सहयोग पुग्ने बताउनुभयो । गाउँमा खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि सञ्चालन गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । त्यसयता श्रेष्ठले तलबवापतको रकम विभिन्न विद्यालय, सङ्घसंस्था, आमा समूह, खानेपानी योजना, बिरामीलगायतलाई सहयोग गरेको स्वकीयसचिव खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर