आईपीएलमा राजस्थानको तेस्रो जित , लखनउ ३ रनले पराजित — OSNepal

आईपीएलमा राजस्थानको तेस्रो जित , लखनउ ३ रनले पराजित

LC (KTM) April 10, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । मुम्बईमा आइतबार राति लखनउ सुपर जाइन्ट्सलाई ३ रनको झिनो अन्तरले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन बनाए । दिपक होडाले २५ रन जोडे । यस्तै दुश्मन्था चामिराले १३ रन जोड्दा मार्कुस स्टोनिसले अविजित ३८ रन जोडे । क्रुनाल पाण्डयले २२ रन बनाए । राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देबदुत पडिकलले ३९ रन जोड्दा रिटायर्ड आउट भए रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले २र२ विकेट लिए । यस जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर