दुबईमा अलपत्र परेका चार युवा भन्छन् 'विदेशको सपना देखाएर हामीलाई यहाँ अलपत्र पारियो' — OSNepal

दुबईमा अलपत्र परेका चार युवा भन्छन् ‘विदेशको सपना देखाएर हामीलाई यहाँ अलपत्र पारियो’

LC (KTM) May 11, 2021 0

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।
काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निरज मगरले बताउनुभयो ।

सामाजिक सञ्जालमा आफ्ना पीडा राख्नुहँुदै पीडित युवा निरजले जति छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको छ । “यहाँ हामी एकै ठाउँमा कोचिएर भोकै बस्नु परेको छ”, उहाँले भन्नुभयो, “विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए, हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुप¥यो ।”

विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीले बताउनुभयो । उहाँले विदेशमा गएर मासिक कम्तीमा रु एक हजार ड्राम्स पाउने भनेर विदेश पठाएका हुन् । अहिले विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अनुसार काम दिलाउन नसकिएको तर अन्यत्र काम गर्न नमानेका कारण समस्या आएको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर