आगामी दुई वर्षभित्र एक सय मुलुकलाई ५० करोड डोज कोरानाविरुद्धको फाइजर खोप उपलब्ध गराउने बाइडेनको घोषणा — OSNepal

आगामी दुई वर्षभित्र एक सय मुलुकलाई ५० करोड डोज कोरानाविरुद्धको फाइजर खोप उपलब्ध गराउने बाइडेनको घोषणा

LC (KTM) June 10, 2021 0

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी दुई वर्षभित्र एक सय मुलुकलाई ५० करोड डोज कोरानाविरुद्धको फाइजर खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

खोप पाउने देशहरुमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहने बताइएको छ ।सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना रहेको उनले बताएका छन् ।

विश्वमा कोरानाविरुद्धको खोप उपलब्ध गराउन आफ्नो विशेष रणनीति रहेको बताएपछि गरिब देशहरुमा राहत मिल्ने भएको छ ।यसै हप्ताको सुरुमा जी सेभेन समूहका राष्ट्रहरुले पनि गरिब देशका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक एक साता लामो भ्रमणमा बेलायत पुग्नुभएका बाइडेनले नाटो शिखर सम्मेलनमा पनि भाग लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर