आईपीएलमा हैदराबाद बिजयी , अपराजित रहेको गुजरातको पहिलो हार — OSNepal

आईपीएलमा हैदराबाद बिजयी , अपराजित रहेको गुजरातको पहिलो हार

LC (KTM) April 11, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल मा सनराइजर्स हैदराबाद बिजयी भएको छ । नवप्रवेशी गुजरात टाइटन्सले भने पहिलो हार व्यहोरेको छ ।सोमबार राति सनराइजर्स हैदराबादसँग ८ विकेटले गुजरात पराजित भएको हो ।मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

उसको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले ।

अभिनव मनोहरले ३५ रनको योगदान गरे ।हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।गुजरातको यो आईपीएलको पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जित निकाल्दै अपराजित रहेको थियो ।हैदराबादले ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर