भरतपुर महानगरपालिकाका कांग्रेस सभापतिहरुले दिए कुनै पनि पदमा गठवन्धन नगर्ने भन्दै पार्टी नेतृत्वलाई खवरदारी — OSNepal

भरतपुर महानगरपालिकाका कांग्रेस सभापतिहरुले दिए कुनै पनि पदमा गठवन्धन नगर्ने भन्दै पार्टी नेतृत्वलाई खवरदारी

LC (KTM) April 12, 2022 0

चितवन २९ चैत । भरतपुर महानगरपालिकाका नेपाली कांग्रेसका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्ने भन्दै पार्टी नेतृत्वलाई खवरदारी गरेको छ ।

मंगलबार जिल्ला पार्टी कार्यालय भरतपुरमा वडा नं. १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने भन्दै पार्टी नेतृत्वलाई खवरदारी गरेको हो ।

वडा सभापतिहरुले आफ्नो निणर्य सार्वजनिक गर्दै नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने भएका छन् ।

‘मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’ सभापतिले सार्वजनिक गरेको निणर्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर