भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली छन निकै स्टाइलिस्ट — OSNepal

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली छन निकै स्टाइलिस्ट

LC (KTM) May 11, 2021 0

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा पर्छन् । महंगो खेलाडीको सूचीमा परेका कोहलीको जीवनशैली पनि एकदमै शौखिन छ । विराट र अनुष्का भन्दा पनि बढी चर्चा विराटको हातको घडीको भइरहेको छ । विराटले एयरपोर्टमा घडी हेरेपछि उनको घडीको चर्चा भइरहेको हो । आखिर कति पर्छ त विराट कोहलीले लगाएको घडीको मूल्य ?

कोहलीले लगाएको घडीको मूल्य सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । उनले लगाएको घडीको मूल्य १ करोड १२ लाख रुपैयाँ ९७० लाख भारु० पर्छ । घडीमा सुन, नीलम र हिराको समेत प्रयोग गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनीसँग घडी र जुत्ताको ब्राण्डेड कलेक्सन भएको समाचारमा उल्लेख गरिएको छ । विराट कोहलीले पिउने पानीको मूल्य पनि ९ सय ६० रुपैयाँ ९६ सय भारु०प्रतिलिटर पर्ने आजतकले लेखेको छ । समाचारका अनुसार विराट सधैँ एवियन नामक कम्पनीको मात्र पानी पिउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर