उपवास तोड्न फलफुल किन्दै मुस्लिम धर्मालम्बी — OSNepal

उपवास तोड्न फलफुल किन्दै मुस्लिम धर्मालम्बी

LC (KTM) April 13, 2022 0

जलेश्वर- मुस्लिम धर्मालम्बीहरुको रमजान (पवित्र एक महिना उपवास राख्ने समय) चलिरहेको अवस्थामा साँझपख प्रत्येक दिन खाना खाने परम्परा रहेकामा उपवास तोड्नका लागि महोत्तरीको मटिहानी बजारमा फलफुल किन्दै मुस्लिम धर्मालम्बी। तस्वीर ः सञ्जीतकुमार मण्डल÷ रासस

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै
नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिनुभयो ।

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर