गण्डकी प्रदेशमा पनि ओली सरकारलाई धक्का, छोडिदिए मनाङे साथ,मुख्यमन्त्री गुरुङ संकटमा — OSNepal

गण्डकी प्रदेशमा पनि ओली सरकारलाई धक्का, छोडिदिए मनाङे साथ,मुख्यमन्त्री गुरुङ संकटमा

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकारलाई गण्डकी प्रदेशमा पनि धक्का लाग्ने भएको छ । नेकपा ओली समुहका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई विश्वासको मत नदिने भएसँगै ओली सरकारलाई गण्डकी प्रदेशमा पनि धक्का लाग्ने निश्चित भएको हो ।

एक महिना अगाडी मात्र गत बैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने भएका छन् । गुरुङलाई आफ्नो मत नदिने मनाङले बताएका छन् । मुख्यमन्त्रीले आज विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए संसद विघटन गरी राष्ट्रपतिमार्फत संकटकाल घोषणाको तयारी गरेपछि मनाङले उनको कित्ता छाड्न लागेका हुन् ।मध्यावधि निर्वाचन र संकटकालको तयारी भएकाले त्यसलाई रोक्न आफूले भूमिका खेल्ने मनाङेले बताए ।सूर्य चिन्हबाट स्वतन्त्र सांसद निर्वाचित मनाङले साथ नदिने भनेपछि अब मुख्यमन्त्री गुरुङसँग प्रदेशसभामा जम्मा २७ मत मात्र बाँकी छ ।

६० सांसद रहेको प्रदेशसभामा विपक्षी गठबन्धनसँग माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ रहेका छन् । बहुमतका लागि मुख्यमन्त्रीले ३९ मत पाउनुपर्ने हुन्छ । तथापी विपक्षी गठबन्धनसँग यदि कृष्ण थापाले पार्टी ह्विपविपरीत मुख्मयमन्त्रीका पक्षमा मतदान गरे भने ३१ मत पुग्छ । मनाङले साथ दिँदा ३२ मत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर