तपाईंको हातमा पैसा बच्दैन ? यस्ता छन् पैसा बचाउने तरिका — OSNepal

तपाईंको हातमा पैसा बच्दैन ? यस्ता छन् पैसा बचाउने तरिका

LC (KTM) May 11, 2021 0

एजेन्सी । धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ । धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ ।

आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।

जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।

एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर