३० गते सम्म प्रहरी समायोजन नगरे अध्यादेश बाट प्रहरी भर्ना गर्ने मधेश सरकारको चेतावनी — OSNepal

३० गते सम्म प्रहरी समायोजन नगरे अध्यादेश बाट प्रहरी भर्ना गर्ने मधेश सरकारको चेतावनी

LC (KTM) April 14, 2022 0

पछिल्लो समय मधेशमा प्रहरी भर्नाका सम्बन्धमा बिबाद बढ्दै गईरहेको छ । मधेश प्रदेशले संघ मातहतमा रहेका प्रहरी समायोजन नगरे अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गरिने चेतावनी आईरहेको छ । यसैक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा आज नयाँ वर्षको शुभकामना दिने क्रममा मन्त्री साहले स्थानीय चुनावपछि अध्यादेश ल्याएरै भए पनि प्रहरी भर्ना प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् । उसो त मधेशी समुदायलाई प्रहरी तथा सेनामा भर्ना कम गरिरहेको भन्दै सिंगो समुदाय असन्तुष्ट रहदै आएको बेला शाहको यस्तो भनाई बाहिर आएको हो ।

उनले वैशाख ३० गतेभित्र प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम पनि दिएका छन् । यद्यपि मन्त्री साहले तीनवटै तह स्थानीय, प्रदेश र संघीय तहबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर