जर्मन बुन्डेसलिगा फुटबलमा उल्फ्सवर्गको पोष्टमा डर्टमण्डद्धारा आधा दर्जन गोलको बर्षा — OSNepal

जर्मन बुन्डेसलिगा फुटबलमा उल्फ्सवर्गको पोष्टमा डर्टमण्डद्धारा आधा दर्जन गोलको बर्षा

LC (KTM) April 16, 2022 0

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड संग उल्फ्सवर्ग नमज्जाले पराजित हुन पुगेको छ । डर्टमण्डले आज राती सम्पन्न खेलमा फराकिलो जित निकालेको हो । डर्टमण्डले उल्फ्सवर्गलाई ६-१ गोल अन्तरले हराएको हो । डर्टमण्डको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे ।

यस्तै टम रोथे, एलेक्स विसल, म्यानुएल एन्काजी र इम्री क्यानले एक एक गोलको योगदान दिए । उल्फ्सवर्गका रिडेल बाकुले एक गोल फर्काए । यस जितसँगै डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । उल्फ्सवर्ग ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर