सरकारमा जान पार्टी फुटाउन समेत सक्रिय ठाकुर पक्षका राजकिशोर यादवले पाए,उद्योग वाणिज्य मन्त्री — OSNepal

सरकारमा जान पार्टी फुटाउन समेत सक्रिय ठाकुर पक्षका राजकिशोर यादवले पाए,उद्योग वाणिज्य मन्त्री

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । सरकारमा जान पार्टी फुटाउन तयार भएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सरकार थप एक मन्त्रालय पाएको छ । केहि दिन मात्रै ८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा सहभागी भएको ठाकुर पक्षले फेरि एक मन्त्रालय पाएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा ठाकुर पक्षका राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । आज अपरान्ह्र चार बजे राष्ट्रपतिको कार्यलयमा शपथ ग्रहण गर्ने कार्यक्रम समेत तय भइसकेको छ ।

सञ्चार मन्त्रालयमा दाबी गर्दै आएका यादवले अन्तत उद्योग मन्त्री पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर