मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज — OSNepal

मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज

LC (KTM) April 17, 2022 0

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज हुनुभएको हो ।अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिनुभयो ।

केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो । मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता निवासमै आराम गर्न सुझाव दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर