स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बिजयी — OSNepal

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बिजयी

LC (KTM) April 17, 2022 0

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बिजयी भएको छ ।आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन यानिक कारास्कोले दुबै गोल गरे ।खेलको ५२ औं मिनेटमा यानिकले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।७१ औं मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

खेलको ७४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई १-१ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा यानिकले पेनाल्टीबाट गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । जितसँगै एट्लेटिकोले ३२ खेलमा ६० अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर