आइपीएलमा नवप्रबेशी टिम गुजरातको उत्कृष्ट प्रर्दशन, पाँचौ जित संगै शीर्षस्थानमा — OSNepal

आइपीएलमा नवप्रबेशी टिम गुजरातको उत्कृष्ट प्रर्दशन, पाँचौ जित संगै शीर्षस्थानमा

LC (KTM) April 17, 2022 0

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ । गुजरातले लिगमा पाँचौ जित निकालेको छ । आइतबार राति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जित निकालेको हो ।

चेन्नईले १ सय ७० रनको लक्ष्य गुजरात समक्ष प्रस्तुत गरेको थियो । गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।गुजरातको जितमा डाभिड मिल्लरले अविजित रहदै ९४ रनको अर्धशतकीय इनिङ खेले । कप्तान राशिद खानले ४० रन जोड्दा अभिनव मनोहरले १२ रन जोडे ।चेन्नईका ड्वाने ब्राभोले ३ तथा महेश थिकसनाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेले । अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे ।गुजरातका अल्जारी जोसेफले २ विकेट लिए । यस जितसँगै गुजरातले ६ खेलमा १० अंक जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर