पाल्पाको भैरव मन्दिर परिसरमा रोट पकाउदै युवा — OSNepal

पाल्पाको भैरव मन्दिर परिसरमा रोट पकाउदै युवा

LC (KTM) April 18, 2022 0

पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा रोट पकाउदै युवा । मन्दिरमा पूजा गर्न आउनेहरुको भीडभाड बढेसँग स्थानीय बासिन्दाको आम्दानीसमेत वृद्धि हुँदै आएको छ । तस्वीर ः कृष्ण दर्नाल÷रासस

रहेनन् वडासदस्य सत्याल-काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुनुभएको थियो । उहाँ काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर