देउवा निवास बुढानिलकण्ठमा तिन दलको शिर्ष नेताहरुको छलफल सकियो ,जसपाका ठाकुर भने वैकल्पिक सरकार गठनको विपक्षमा — OSNepal

देउवा निवास बुढानिलकण्ठमा तिन दलको शिर्ष नेताहरुको छलफल सकियो ,जसपाका ठाकुर भने वैकल्पिक सरकार गठनको विपक्षमा

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । प्रमुख तिन दलबिच भेटवार्ता सम्पन्न भएको छ । आज मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । उनीहरु बिच लगभग एक घण्टा छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संविधानको धारा ७६ को २ अनुसार बैशाख ३० गते सम्म बहुमतको सरकार गठन गर्न विपक्षीदलहरुलाई आह्रान गरेपछि सक्रिय विपक्षीदलहरुले भेटघाटलाई तिव्र बनाएका हुन् ।बैठकमा जसपाको साथ लिएर अगाडी बढ्नुपर्ने देउवाले जोड दिए पनि हिजो तटस्थ बनेका महन्थ ठाकुर आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको भनी विज्ञप्ती समेत जारी गरीसकेका छन् ।

यता, डा. बाबुराम भट्टराई र अर्का नेता उपेन्द्र यादवले भने जसपाले वैकल्पिक सरकार गठनको लागि एकमतले निर्णय लिने विश्वास देउवा र दाहाललाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर