झापा सुपर लिग क्रिकेट : विराट र सनराइज विजयी — OSNepal

झापा सुपर लिग क्रिकेट : विराट र सनराइज विजयी

LC (KTM) April 18, 2022 0

झापा-झापा सुपर लिग क्रिकेट प्रतियोगिता आज विराट र सनसाइज विजयी भएका छन् । पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हरायो । विराटले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि विवेक यादवले ३५ बलमा ८१ रन बनाए । यस्तै अङ्कित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । बलिङतर्फ गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडेलले १÷१ विकेट लिए ।

विराटले दिएको २१० रनको लक्ष्य पूरा गर्न मैदानमा उत्रेको धुलावारीले सबै विकेट गुमाएर १९१ रन मात्र बनायो । धुलावारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङतर्फ अङ्कित सुवेदीले ३ तथा अनिष लुइटेलले २ विकेट लिए ।

अर्को खेलमा बोष्टर्नले २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि करण केसीले ७६, दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे । बलिङतर्फ सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभाङ्कर उरावले १÷१ विकेट लिए । एक सय ९१ रनको विजय लक्ष्य सनराइजले १९ दशमवल ४ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि सन्दिप ढुङ्गानाले ७८ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै भुलाल दङ्गाल र फिरदोज अञ्सारीले २८÷२८ तथा शुभाङ्कर उरावले २१ रन जोडे । बलिङतर्फ वोष्टर्नका विधान गोश्वामी र राहुल पाठकले २÷२ विकेट लिए ।

मङ्गलबार भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्सबीच तथा वोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर