सुशांत सिंह राजपुतका बुवाले दायर गरेको मुद्धा अदालतद्धारा खारेज, न्याय द जस्टिस फिल्म सुशांतको जिवनमा आधारीत नरहेको जिकिर — OSNepal

सुशांत सिंह राजपुतका बुवाले दायर गरेको मुद्धा अदालतद्धारा खारेज, न्याय द जस्टिस फिल्म सुशांतको जिवनमा आधारीत नरहेको जिकिर

LC (KTM) June 10, 2021 0

बलिउडका चम्किला नक्षत्र सुशांत सिंह राजपुतको नाम प्रयोग गरेर बनाइएको फिल्म न्याय द जस्टिसको मुद्धा अदालतले आज किनारा लगाई दिएको छ । सुशांतको निधन पछि बनाइएको यस फिल्ममा आफ्नो छोराको नाम प्रयोग भएको भन्दै उनका बुवा कृष्णकिशोरले दिल्ली उच्च अदालतमा मुद्धा हालेका थिए ।

उनले आफ्नो छोराको नाम प्रयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै फिल्मलाई रोक्नुपर्ने भन्दै दिल्ली उच्च अदालतमा मुद्दा हालेका थिए। सुशान्तका बुबाले दायर गरेको रिट निवेदनमा न्याय द जस्टिस फिल्म सुशान्तको जीवनमा आधारित भएको दाबी गरिएको थियो । तर यस मुद्धा माथि फैसला गर्दै अदालतले यस दाबी लाई खारेज गरिदिएको हो ।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष हुन लागेको छ। तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन। यसबिषयमा अझै पनि छानबिन जारी नै छ। उनी संग जोडिएकाहरु लाई अझै पनि सोधपुछ जारी राखिएको छ । तर पनि सुशांतको आत्म ह त्या हो या ह त्या भन्ने अझै पनि खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर