हुण्डाई आयोनिक फाइभ ले वल्र्ड कार अफ दि इयर–२०२२ मा बर्षको उत्कृष्ट कार सहित अन्य ३ अवार्ड जित्न सफल — OSNepal

हुण्डाई आयोनिक फाइभ ले वल्र्ड कार अफ दि इयर–२०२२ मा बर्षको उत्कृष्ट कार सहित अन्य ३ अवार्ड जित्न सफल

LC (KTM) April 19, 2022 0

हुन्डाई आयोनिक फाइभ वल्र्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरू मध्ये तीनओटामा विजेता बन्न सफल भएको छ । आफ्नो रिलिज पश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो । डिजाईन अफ द इयर क्याटगोरीमा आयोनिक फाइभ को फरक शैली र नौलो डिजाइनले Audi e-Tron GT र Mercedes EQS लाई पछि पारेको छ।

आयताकार हेड र टेल ल्याम्पसहितको आयोनिक फाइभ को रेट्रो डिजाइनले सबैलाई आकर्षण गर्ने खालको रहेको छ । त्यस्तै, आयोनिक फाइभले विश्व कार अवार्डमा पहिलो पटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e-Tron GT र Mercedes EQS  भन्दा अगाडि रहन सफल रह्यो। स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाएको छ ।

यसका साथै हुन्डाई आयोनिक फाइभले  KIA EV6 र Ford Mustang March E  लाई पछि पार्दैविश्वकै सबैभन्दा ठूलो अवार्ड वर्ल्ड कार अफ द इयर २०२२ पनि हात पार्न सफल भएको हो । इन्टरनल कम्बसन इन्जिन कार सहित अन्य सबै कारहरू मध्ये छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्को लाई प्रतिबिम्बित समेत गरेको छ । आयोनिक फाइभले गत वर्षको सुरुवातमा रिलिज भए सँगै निकै प्रशंसा बटुलीरहेको थियो।

विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारहरूको प्यानलको भोटले छानिने वल्र्ड कार अफ दि इयर अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले आयोनिक फाइभको विशिष्टता स्पष्ट पार्छ। यो वर्ष विजेता आयोनिक फाइभ सँगै विश्व कार अफ द इयरको फाइनलमा सबै विद्ध्युतीय सवारी मनोनयनमा पर्नुले इन्टरनल कम्बसन इन्जिनहरूको तुलनामा विद्युतीय सवारीहरू पनि अब्बल रहेको छनक दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर