५ पटकका बिश्व च्याम्पियन संग बलिउड अभिनेता आमिर खानले चेसमा प्रतिष्पर्धा गर्दै , एक पटक भिडिसकेका आमिरले खेल जित्लान त ? — OSNepal

५ पटकका बिश्व च्याम्पियन संग बलिउड अभिनेता आमिर खानले चेसमा प्रतिष्पर्धा गर्दै , एक पटक भिडिसकेका आमिरले खेल जित्लान त ?

LC (KTM) June 10, 2021 0

बलिउडका मिस्टर पर्फेक्सनिष्ट उपाधीले चिनिएका अभिनेता आमिर खान एक कुशल कलाकार बाहेक खेलाडी समेत हुन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर उनी एक कुशल चेस खेलाडी समेत हुन् । थ्रि इडियटका एक इडियट आमिर जति फिल्ममा माइण्डेड छन् त्यति नै हरेक कार्यमा पनि आफ्नो बौद्धिकताको प्रयोग गर्ने गर्छन् ।

अब उनै आमिर एकपटक चेसका ५ पटकका बिश्व च्याम्पियन बनिसकेका बिश्वनाथन आनन्दसंग प्रतिष्पर्धा गर्दैछन् । तर यो खेल कुनै उपाधी जित्नका लागि भने होईन् । यो प्रतिष्पर्धा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम जुटाउने उदेश्यका साथ हुदैछ ।

‘चेकमेट कोभिड’ नाम दिइएको यो खेल मैत्रिपुर्ण खेल हुनेछ । विश्वनाथन आनन्दसँग आगामी जून १३ मा आमिरले प्रतिष्पर्धा गर्नेछन् । चेस डटकम इण्डियाले यो प्रतिष्पर्धा आयोजना गर्न लागेको ट्विटर मार्फत जनाएको छ । ‘जुन समयको तपाईंहरुले प्रतिक्षा गरिरहनुभएको थियो । सुपरस्टार आमिर खान चेसको उत्साही प्रेमी पूर्व विश्व च्याम्पियन विशी आनन्दविरुद्ध एक मैत्रीपूर्ण प्रतियोगिता खेल्दै हुनुहुन्छ ।

कृपया यो प्रतियोगितालाई सफल बनाउनका लागि च्यारिटेबल सहयोग गर्दै स्वतन्त्र महशुस गर्नुहोस्’, चेस डटकम इण्डियाले ट्वीट गरेको छ । तर चाख लाग्दो कुरा के छ भने यसअघि पनि आमिरले विश्वनाथन संग चेस खेलिसकेका छन् । आमिर सहभागि हुने फिल्ममात्र हैन हरेक कुरा पर्फेक्ट हुने गरेका छन् साथै रचनात्मक पनि हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर