केन्द्रमा मन्त्री नियुक्त गरिरँदा, गण्डकी प्रदेशमा भने ओलीको सरकार ढल्यो — OSNepal

केन्द्रमा मन्त्री नियुक्त गरिरँदा, गण्डकी प्रदेशमा भने ओलीको सरकार ढल्यो

LC (KTM) June 10, 2021 0

कास्की २७ जेठ। गण्डकी प्रदेशमा पनि नेकपा एमालेको केपी ओली समुह ढलेको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकने पछि ओली सरकारको यण्डकी प्रदेश पनि ढलेको हो ।

गत वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा गुरुङको पक्षमा मात्र २७ मत खस्यो भने विपक्षमा ३० मत खसेको थियो ।

जम्मा ५८ जना सदस्य सहभागी भएको बैठकमा ५७ जनाले मत दिए भने जनमोर्चाका कृष्ण थापा मतदान नगरी तटस्थ बसे भने दीपक मनाङ्गे अनुपस्थित थिए । योसँगै गुरुङ पदमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर