पुरुष कबड्डी: आर्मी र एपिएफ उपाधिका लागि भिड्ने — OSNepal

पुरुष कबड्डी: आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

LC (KTM) April 19, 2022 0

काठमाडौं-मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।

दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो ।देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर